कथा- प्रबासी जिवन

मलाई यो परदेशी जिन्दगी देखी निकै अत्यार लाग्दै छ, सायद अब धेरै बर्षको अन्तराल पछी नेपाल फर्किने दिनहरु नजिकिदै गर्दा पनि होला मन एक ठाउँमा छैन। यो मन सिमलीको भुवा झैं उड्दै जाँदा कहिले दुःख त कहिले सुख गर्दै दिन भरिको ड्युटीको बोझले गलेको आधा शरीर बिस्तारामा पल्टाएर एकोहोरो कहिल्यै पुरा नहुने मिठो कल्पना र भावनाको उच्च निलो गहिराइ सम्म पुग्ने गर्छु। अनि अनेकौं दुःख पिडा र चोटले घायल यो जिन्दगीमा सायद सम्पन्न परिवारमा जन्मेको भए त सुखी संग हाँसी हाँसी जिबन बिताउने थिएँ होला। तर के गर्नु झुपडीमा जन्मे पछी समय अनुकुल दुःख र पिडा अनि बेदनाका हजारौं चोटहरु मन भित्रै साँचेर सहनै पर्दो रहेछ।


          कथा- प्रबासी जिवन

-नवराज बुढा 'नवीन उदासी'

                        झरेको पात झैँ भयो भयो उजाड मेरो जिन्दगी
                         निभेको दीप झैं भयो उजाड मेरो जिन्दगी।

मलाई यो परदेशी जिन्दगी देखी निकै अत्यार लाग्दै छसायद अब धेरै बर्षको अन्तराल पछी नेपाल फर्किने दिनहरु नजिकिदै गर्दा पनि होला मन एक ठाउँमा छैन। यो मन सिमलीको भुवा झैं उड्दै जाँदा कहिले दुःख त कहिले सुख गर्दै दिन भरिको ड्युटीको बोझले गलेको आधा शरीर बिस्तारामा पल्टाएर एकोहोरो कहिल्यै पुरा नहुने मिठो कल्पना र भावनाको उच्च निलो गहिराइ सम्म पुग्ने गर्छु। अनि अनेकौं दुःख पिडा र चोटले घायल यो जिन्दगीमा सायद सम्पन्न परिवारमा जन्मेको भए त सुखी संग हाँसी हाँसी जिबन बिताउने थिएँ होला। तर के गर्नु झुपडीमा जन्मे पछी समय अनुकुल दुःख र पिडा अनि बेदनाका हजारौं चोटहरु मन भित्रै साँचेर सहनै पर्दो रहेछ।



                     भन्छन कसै कसैले दुई दिने यो हाम्रो मनाब रुपी जीवन हाँसी-हाँसी जिउनु पर्छ। आखिर हाम्रो पनि त पालो आउँछ मरेरै जाने त्यो दिन । त्यसैले हाँस्नु रमाउनु भनेको यो एक मुट्ठी सास रहुन्जेल सम्म मात्रै रहेछ । मरेर के नै लानु रहेछ र तर म  प्रबासको यो बिरानो ठाउँहरुमा भौतारिदै कहिल्यै एकै पल फुस्रो  हाँसो पनि हाँस्नै पाएको छैन। आखिर मेरो त भाग्य नै टुटेको रहेछ। आफुले यो आफ्नै मनलाई धेरै प्रश्न गर्न मन लाग्छ। धेरै कुरा सोध्न मन लाग्छअनि भन्छु... ए ! इश्वर तिमीले मलाई यो धर्तीमा जन्म त दिन सक्यौतर मलाई कहिल्यै हाँसो र खुशीमा बाँच्न सिकाएनौ। यसरी आफुले प्रश्न गर्दै र उत्तर दिंदै यो मनलाई सम्हाल्न भनी सान्त्वना दिन्छु। अनि डुब्न थाल्छु फेरी क्षितिजको मिठो कल्पनाको महासागर संगै प्रवासका पिडा अनि अनुभूतिहरुलाई सामना गर्दै १४ घण्टा ड्युटी मेसिन झैं चलेर पनि साहित्य सृजना र  समाचार सम्पादन गर्दै यसरी नै आफ्नो जिबन बिरानो यो शहरमा व्यतित गरेको पनि हिजो जस्तै लाग्छ। तर आज चार बर्ष हुँदा पो थाहा पाएँ.... तिन बर्षको करार अवधी सकिएर पनि एक बर्ष भिसा थपेर बसेको..... अनि बिगतका मेरा दिनहरु कसरी बित्यो त यति लामो समय अन्तराल सम्म ? यस्तै सोंच्दा सोंच्दै मेरो त घर आउने दिन पनि आई सके छ। हो अब म फर्की आउदै छु आमाले घाँस काट्दै गर्दा जन्मेको त्यो देउराली भिर पाखामा...... 

"आमाले घाँस काट्दै गर्दाभिरमा जन्मेको मान्छे 
बुढेसकालमा सन्तानको पिरमा जन्मेको मान्छे म।।"

 अनि यस्तै पुर्ब क्षितिजमा उदाएको सुर्यको लालिकिरण पनि अस्ताउने तरखरमा भएर होला शहरमा मान्छेको र सवारी साधनहरुको निकै बाक्लो भिड देखिदैथ्यो। वरिपरी बीच बाटोहरुमा पनि त्यी निर्जीव बिजुलीका खम्बाहरुले पनि रात परेको संकेत दिई सकेका थिए। जती साँझ पनि रातमा ढल्दै गयो, उती नै मलाई बिहान हो कि रात हो शहर छुट्याउनै गाह्रो भयो। सायद म शहर पसेको पहिलो चोटी भएर नै होला । पछी त्यी आकाशका ताराहरुले पनि रात परेको आभास गराउँदा पो थाहा पाएँ...। आफ्नो नियमित ड्युटी सिध्यायर होस्टेल फर्किने बेला सम्म रातको एघार बजि सकेको रहेछ। त्यसैले म मार्केट बाट छिट्टै होस्टेलमा पुग्छु भनी हतार-हतार साइकल अगाडी बढाउँछु। तर सडकहरुमा गाडीहरुको निकै व्यस्त भीड देखिन्थ्यो। म त्यी बाटोहरुमा एउटा साइकल चढेर बाटो क्रस गर्न खोज्छु। तर अँह किन-किन म जब त्यो गाडीको व्यस्त भीड भएको बाटो क्रस गर्न खोज्छु तब मेरो मन भित्र अन्यक प्रकारका भयानक कुराहरु मन भित्र मडारिन थाल्छन्। अनि मनले सोंच्न थाल्छ। म पनि कतै एउटा पुरानो साथी सडक दुर्घटनामा परेझैं कतै यी सडकहरुमा सडक दुर्घनामा त पर्दैन ? मन भित्र यस्तै डर त्रासका कुराहरु खेलाउँदा खेलाउदैं कति खेर  लामो दुरीको सडक क्रस गरेर आफ्नो होस्टेल सम्म आउन सफल भएको थाहै पाईन। अनी मनभरी सुख दु:खको अभिलाशाहरु मात्र उठुल पुथुल हुन थाल्छन। तर खै किन बिरानो यो ठाउँमा आफुलाई आज नितान्त एक्लो पाउँछु। न यहाँ मेरो नातेदारन यहाँ मेरो कोही चिनेजानेको साथीभाई... केवल आफुलाई अपरिचित मान्छेहरु बीच एक हुलमा पाउँछु। अनि यता हेर्छु, उता हेर्छु .. चारै तिर मलाया चाइनिजतामिल बाहेक अरु कोहि देख्दिन। मेरो मन खिन्न हुन्छ। जिन्दगी निकै उराठिलो लाग्छ। तर पनि के गर्नु यस्तै प्रबासको यो उराठ लाग्दो ठाउँहरुमा आफ्नै जन्मभुमी, आफन्त र साथीभाइहरु देखी बिरानो भएर एक्लै बस्नु पर्दा आज साह्रै नराइलो अनुभुती भैरहेको छ।

"आज एक्लो भएँ दुनियाँमा
के पो लेख्यौ दैब मेरो भाग्यमा।"

यो मनमा एकोहोरो कल्पना गर्न पुग्छु। ...यदी आज म घर परिवारको साथमै हुन्थे भने त कती खुसी हुने थिएँ होला यस्तै मन भित्र इच्छा र आकांक्षाका पबित्र मुनाहरु सल्बलाउन थाल्छन। म केवल सोंचमग्न अवस्थामा मौन हुन्छु। मान्छेको कोकाहलले रातको २ बजाई सकेको थियो। सायद त्यो दिन अलिक धेरै ड्युटी गर्नु परेर होला.. मनमा कता-कता थाकेको जस्तो अनुभुती र आभास पनि भैरहेको थियो।  सबै साथीहरु मस्त निदरीमा लिप्त थिए। तर म भने डराउँदै मन भित्र अनेकौं कुराहरु खेलाउंदै बेडमा लुसुक्क पल्टन्छु। तर मलाई निन्द्रा पटक्कै लागेन अनि यस्तै कहिले यता, कहिले उता कोल्टी फेर्दै मलेशिया बाट प्रकाशित साप्ताहिक पत्रपत्रिकाहरु पढ्छु। आफुले संकलन गरेका समाचार देखि पनि साह्रै डर लाग्छ। कोही सडक दुर्घटनाकोही इन्डोनेसियन आवराको आक्रमनमाकोही अज्ञात यस्तै घटना र खबरहरुले मेरो मनमा पनि भय र त्रास उब्जिन थाल्छ। केहि गरौंलालाउंला खाउला भन्ने अवस्थामा कोही राती सुतेको सुतै हुँदा घरखेत साहुकोमा राखेर बिदेसिएकाहरु पनि आज बिजोगमा परीरहेका छन्।मेरो मनले पनि एकोहोरो यस्तै यस्तै कुराहरु मात्रै सोंच्न थाल्छ। कतै म पनी यस्तै अवस्थामा केही त हुँदैन यो मन अनाह्याक अतालिन्छ। मलाई प्रवासमा केही भैहाल्यो भने मेरो स्वर्ग जस्तो घर परिवारको के हालत होला यो मन कल्पनाको हावामा उड्न थाल्छ। अनि लामो सुस्केसा पश्चात् मनले सबै दुःखहरु भोग्दै यसरी नै प्रबासी जिबन बित्दै जान्छ। घर परिवारको मायाँमा मध्य रातमा निदाउदा पनि चिन्ताले यो मन उतिकै थाकेको हुन्छ।

हरारात सपनीमा ऐथान हुन्छगाउँमा सायद पहिरो गयोकी ?...... ।।

 मेरा दिनहरु पनि यसरी नै बिट्दै थिए। एकदिन कम्पनीमा अप्रिय दुखद घटना घटेछ ! हामि संगै ड्युती गर्ने एक जना साथीको लिफ्ट बाट झर्ने क्रमममा लिफ्ट बाट खसेर घटना स्थलमै उसले सदालाई बिदा भएर गएछ। कुरा बुझेर समाचार तयार पारेर लिएँ। उनको त्यो मृत आत्माले शान्ती पाओस् म आज पनि यही कामना गर्दछु, सोकाकुल उनको त्यो परिवार प्रती धैर्य धारणा व्यक्त गर्दै...।  मृत्यु हुनेमा सर्लाही निवासी एक मुस्लिम नामक भर्खरै रोजगारीका लागी मलेशिया प्रवेश गरेका एक भर्खरैको २५ बर्षिय युवा थिए।  त्यो दिन देखी मनमा झन् अनेकौं कुरामा मात्रै खेल्न थाले ... प्रबासी जिबन पनि कहिले सुख त कहिले दुःख गर्दै यस्तै यस्तै दुःख पिडा झेल्दै र भोग्दै दिन बिताएर अब  केहि दिन भित्रै नेपाल आउदै छु। अनि प्रबासमै बसेर पनि प्रबासमा खुलेका थुप्रै संघ संस्थाहरुमा त्यती आवद्ध नभए पनि आपत पिपतामा परेका थुप्रै साथी भाइहरुलाई पनि सहयोग चन्दा संकलन तथा राहत उपलब्ध गराउन पाउँदा समाज केहि ठुलै हितकारी इलम गरे जस्तो पनि लाग्छ  रोल्पा जंकोट निवासी सिताराम ओलीलाई रोजगारीको लागि मलेशिया आएको पहिलो हप्ता मै मेडिकल अनफित हुँदा उहाँको लागि मैले गरेको सहयोग उहाँले भुले पनि यो मनमा त ताजै छ अनि धुम्किबास नवलपरासीका धन बहादुर कुमाललाई पनि कम्पनी र कम्पनीका सबै साथीहरुको बिशेष सहयोगमा मलेशियन १२ हजार रिन्गित नेपाली ३ लाख असि हजार संकलन गरेर केटि केशमा बिना कारण ड्युटी पोष्टमा केटि संग ठोक्किन पुग्दा मात्रै जेल गएका धन बहादुरलाई पनि जेल बाट मुक्त गराएको त्यो दिन पनि निकै स्मरण हुन्छ यो मनमा ... यसरि नै प्रबासमा मेरा दिनहरु पनि यस्तै कहिले हाँसो र उमंग अनि जटिल संघर्ष संगै बिते। आखिर मान्छे मरेर जानु नै रहेछ। ..लाग्छ आज भोलि यी नै अधुरो सपना देख्दा देख्दै कतै मेरो सपनाको अवसान पनि अन्त्य पो हुने होकी भनी डर पनि लाग्छ। तर मैले यी सपना जती सबै पुरा साकार गराउनै पर्छ। तर फेरी यता हेर्छु, उता हेर्छु भविष्यको मोड नै शुन्य देख्छु। जिबनको उज्ज्वल गोरेटो जति सबै औंसीको रातझैं अन्धकारले छाएकै छ। जिन्दगीको यात्रालाई अगाडी बढाउने कुनै ठाउँ नै पाउँदिन।

                  परिचय खोज्दै हिंडेको पहिले किन चिनाएं
                                               अनेकौं चाहनाका पछी आफुलाई किन हिंडाए

अनि फेरी मनमा सोंच्छु .. यस्तो जिन्दगी पनि के जिन्दगी... यस्तो जिन्दगीमा बाँच्नु भन्दा त बरु आत्महत्या नै उचित होला भनि पनि सोंच्न थाल्छु।  तर अँह मलाई यो मनले आफै संग प्रश्न गर्न थाल्छ फेरी पनि ..। प्रश्नको प्रत्युत्तर खोज्दै आत्महत्या गरेर तैले त सुख पाउलास। तर तेरो घर परिवार र तेरो आफन्तको कती बिजोक होला र कती दुःख होला भनी सोंच्न थाल्छ। यस्तै प्रश्न गर्दै मैले आत्म हत्या गरेर मेरो आत्मले त सुख पाउला। तर परिवारको कती सन्ताप होला भनी म होसमा आएर आफै सोंचे... हो मैले आत्म हत्या गरेर होइन यो समाज र यो दुनियाँलाई केहि गरेरै देखाउनु छ। त्यसैले समस्याको समाधान आत्म हत्या होइन... समस्याको समाधान त चुनौतीलाई सामना गर्न सिक्नु पर्दो रहेछ भनि पनि बुझेको छु। अनि जसले चुनौतीलाई सामना गर्न सक्दैन उ त एउटा कायर न हो। उसको यहाँ यद्दपी कुनै केही औचित्य नै हुँदैन। जसले अरुको लागी बाँचेर जिबन अर्पण गर्छ..। त्यही नै महान हुन्छर त्यही ब्यक्ती नै अमर रै'छ। यहि नै धर्म हो र यहि नै कर्म पनि रहेछ। त्यसैले परिवारको लागी र आफन्तको लागी भए पनि म बाँच्नै पर्छ।  म बाँचे भनें मेरो उपस्थीती बिना पनि परिवारमा खुसीहरू काफी हुने छन्। यसरी आफ्नै तन मन र बचनले दिएको अर्ती पनि साँची मैले केहि गर्ने पर्छ भनेर साहस बढेर आउँछ। अनि आज आकाशका बादलु झैं गरेर यततत्र भौतारिने यी मेरा मनहरुले दिएको उपदेश बाट केही बुझेको महसुस गर्छु।  हो यसरी नै ....

"कसैले भन्थे जिन्दगी यो सुनौलो बिहानी रै'
  भन्छु जिन्दगी यो अधुरो कहानी रहेछ "

यो जिन्दगीको पाइलाहरु गन्तव्यमा नपुग्दै दोबाटो देखि नै  रोकिएर थकित छन्।  तर पनि जिन्दगीमा जे जस्तो बाधा अड्चन आई परे पनि सजिलै संग  अगाडी बढ्न सक्छु भनि मेरो भाग्य संगमेरो जिवन संगमेरो मन संगमेरो हिम्मत  आँट संग  सधै प्रतिज्ञा गर्छु। तर मेरो शिखर चुम्नतम्सिएका पाईलाहरु बेसी तिरै लड़बदिरहेका छन्। समय परिस्थिति  जिन्दगीका  अनेकौं दुःख पीडाका जन्जिरले आज मेरो मनलाई पिंजडामा थुनेर राखेको चरी झैं कैदी बनाउँदा प्रबासमा धेरै बर्ष बिताएँ... आफ्नो भविष्य बल्ना भन्दै आधा उमेरको बैश जति प्रबासमा नै भुलाएँ। यसरी थोरै पैसाको लागीअमुल्य पसिना बगाएर  बर्ष सम्म परदेशी जिवन बिताएर बिदेशमा बस्नाले मलाई आज यो जिन्दगीले जिन्दगी भर कहिल्यै नरित्तिने मनभरी दुःखका पिडा दिएर गएको छ। आफन्तको  मायाँ  साथ आज बिरानो बनाई दिएर अनकन्टार बिरानो यो भूमिमा लिएर मेरो सर्बश्व सारा लुटेर पनि परिवारकोअगुवा नी  छुट्टै संसारमा लिएर गएको छ। केहि ऋण तिरेर बाबाको त्यो मायाँ  गुणलाई तिर्ने कति ठुलो सपना सजाएंको थिएँ। आखिर आज त्यी मनमा सजाएका जति सारा सपना सबै सिसासरी फुटेर गए। यी नै दुःखद पलहरुलाई कहिल्यै सम्झिदैन भनी भुल्ने कैयौं कोसिस गर्दा पनि भुल्न नसकिँदोरहेछ। त्यसैले बिगतका तिनै पलहरु संग जति भावनामा हराउन पुग्छुउति नै मनमा आई अतितले सताउँदा सबैको समक्ष दुःख  अनुभूति बाँडेर मनलाई हल्का बनाएको महसुस गरेको छु। यो मान्छे जिन्दगी पनि यस्तै रहेछ।  आज केहि बुझ्ने सकेको छैन। सायद जिन्दगीलाई बुझ्ने नसकेर पनि हुन्सक्छ।

                        जिन्दगीले यसरी ढोका दियोकीभाग्य आफ्नो हो बुझ्नै सकिन
                        समय यसरी बदली दियोकीबाटो आफ्नो हो चिन्नै सकिन।।


                                                 नवराज बुढा 'नवीन उदासी'
                                                   बुढागाउँ- चक्री रोल्पा


, , , ,

0 comments

Write Down Your Responses

तपाइको अमुल्य सल्लाह , सुझाब र प्रतिक्रिया दिन नभुल्नुहोस् । Please, drop Your Valuable Comment Here ..Or Direct Send us Email Info.nbnabinudasi@writeme.com / Onlinesahityikblog@gmail.com