रोल्पामा २ लाख २७ हजार ७५ जनसंख्या


राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नजिताअनुसार रोल्पामा २ लाख २७ हजार ७५ जनसंख्या पुगेको छ । जसमा १ लाख ४ हजार ६ सय ५४ पुरुष र १ लाख २२ हजार ४ सय २१ महिला रहेका छन् । रोल्पामा जनसंख्या वृद्धिदर वाषिर्क ०.७८ प्रतिशत देखिएको छ । रोल्पामा घर ४२ हजार १ सय २१ तथा घरपरिवार ४४ हजार ३ सय ७७ रहेका छन् । रोल्पामा जनघनत्व प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा १ सय २१ जना देखिएको छ । रोल्पामा लिंगअनुपात प्रत्येक १ सय महिलामा ८५ जना पुरुष रहेको राष्ट्रिय जनगणना २०६८ ले देखाएको छ । जनगणना अवधिमा रोल्पाबाट देशबाहिर रहेको जनसंख्या २४ हजार १ सय ७३ देखिएको छ ।