साहित्य र मेरो जिबन एक आपसमा अन्तर सम्बन्ध छ- नवीन उदासी

नवीन उदासी
गत केही दिन अघि पत्रकार जीतमान राई 'सवीन'  जी ले मलेशिया बाट प्रकाशित  साप्ताहिक पत्रिकाको लागी अन्तवार्ता लिनु भएको थियो| उहाँले पत्रिकाको लागी तयार गर्नु भएको म संगको यो कुराकानी उदाउँदो तारा साहित्य समाजको ब्लगमा पनी राख्नु भएको हुँदा त्यति बाट साभार गरेर यता फेसबुक तिर मेरो बारेमा र मेरो कुराकानी सबैलाई शेयर गरौँ भनेर फेसबुकमा राखेको छु| तर पहिलो चोटी भए को हुँदा राम्रो गर्ने सकिएन | पढ्नुहोस.. के कस्तो छ ? धन्यवाद !


 बिदेश लाग्ने अधिकांश युवाहरुको उदेश्य हुन्छ टन्न पैसा कमाएर छिट्टै धनी हुने, हो यस्तैमिठा सपना संगालेर आज भन्दा चार वर्ष अघि मलेसिया आइपुगेका एउटा रोल्पाली ठिटोले आर्थिक रुप मै मात्र आफुलाई सम्पन्न बनाएनन्, कला, साहित्य र नया सीप सिकेर बेग्लै पहिचान दिन सफल भैरहेका छन् । आखिर मान्छेले चाह्यो भने के कुरा चाही असम्भव रहेछ र, आफ्नो नियमित काममा दैनिक चौध घण्टा खटेर  आर्थिक जोहो त गरेकै छन् त्यसको अलावा वेब ग्राफिक्स, वेब संचालन तथा साहित्य सृजना गर्न पनि भ्याएका छन् उनले ।

तत्कालिन देशको अवस्था त्यो पनि रोल्पा जिल्लामा दैनिक जिबिका गर्ने मेलो हुदाहुदै पनि गृहयुद्धको चपेटामा पर्दै बिदेशिनु परे पनि अब स्वदेश मै केहि गर्ने अठोट सहित चाडै स्वदेश फर्कने सोच बनाउदै व्यस्त समय बीच पनि बिभिन्न रचनात्मक काम गर्न भ्याउने बुढागाउँ-७,चक्रिटोल, रोल्पा घर भै हाल मलेसियाको पाहाङ राज्यमा कार्यरत उनै सृजनशील नवराज बुढा मगर अर्थात नवराज बुढा ‘ नबिन उदाशी’ संग साहित्यिक भेटघाटको लागि भएको भलाकुसारीको केहि अंश:-





-स्वागत छ आजको भेटघाटमा ।
-धन्यवाद, तपाई लगायत साहित्यिक भेटघाट परिवार अनि मलेशियामा आफ्नै पैसामा बेचिएर दासत्वपूर्ण श्रमिक जिबन बिताई रहनु भएका सम्पूर्ण दाजु भाई तथा दिदीबाहिनिहरुमा मेरो नमस्कार तथा साहित्यिक अभिबादन छ।


-कसरी बित्दैछ तपाईको वर्तमान दिनचर्याहरु
? -बिदेसको ठाउँ काम को चाप, १४ घण्टा मेसिनझैँ चलिरहनु पर्ने सजिलो गरेर त कसरी बिताउनु ? तैपनि फुर्सदको समय र ड्युटी को अलावा साहित्यिक लेख रचना हरु सिर्जना गरेर, अनलाइन मार्फत लेख रचनाहरु र विभिन्न समाचारमुलक लेख रचनाहरु सम्पादन गरेर बिताउने गरेको छु। यसरी नै बितिरहेको छ दिनहरु  


-कति भो बिदेश लाग्नु भएको ?
-रहर भनौ या बाध्यता ! सानै उमेरमा औपचारिक पढाई लाई छोडेर धन कमाउने आशामा बिदेसिएको थिएँ। यहाँ आएर पनि भने जती सेवा सुबिधा पाउँदा भिसा थपेर एक बर्ष बस्दा अहिले विदेशको बसाई ४ वर्ष भयो।

-किन बिदेश लाग्नु भयो त, स्वदेश मै केही गर्न सकिन्न र ? -

सबैलाई थाहा भएकै कुरो हो १२ बर्से जनयुद्ध र रुकुम, रोल्पा त्यसको प्रत्यक्ष आममानिसमा परेको असरका कारण म पनि अछुतो रहन सकेन र परिवारको आर्थिक अवस्था सुधार गर्ने मनसायले बिदेस पसेको हुँ। स्वदेशमै केहि गरेर बस्नको लागी देशमा अझै अस्तव्यस्त राजनीतिक बिकृतिमा सुधार आउनु पर्छ, र उधोग ब्यबसाय गर्नका लागि उचित नीतिनियमको कमिको कारण उच्च जोखिम स्थिती छ। त्यसैले गर्दा नै सिप र पुजी भयर पनि खुम्चिनु परेको छ। फेरी गर्नै नसकिने त हैन, र यसका लागी सरकारले उचित नीति नियमको व्यवस्था गर्न सके अझ सहज हुने थियो कि भन्ने मेरो मनसाय हो।

-यसरी सबै युवाहरु बिदेशीने हो भने अबको नेपाल कस्तो होला, कल्पना गर्नु भएको छ ?

-हजुर हामी सधै अरुको देशको सेवा गर्न मात्रै सिक्यौ, गम्भीर मन बनाएर हामीले हाम्रो देशको बारेमा कहिलै सोचेनौ। घर, खेत, बारी बाझो राख्यौं। अनि यस्तै देशको कर्णधार भविष्यका युवा वर्गहरु तथा देशका भविष्य सम्बाहक प्रतिभाहरु पलायन भैरहेका छन्। यसले गर्दा निश्चित रुपमा भविष्यमा दीर्घकालीन रुपमा ठुलो असर पर्छ। जसका कारण भोलि गएर देश चलाउने सक्षम व्यक्ति नहुदा देश नै असफल राष्टको रुपमा परिणत हुनसक्छ। यसका लागी आजै बाट सरकारले युवा प्रतिभाहरुलाई देशमै केही सिर्जनशिल काम मा लगाई मलजल गर्न गर्न जरुरत छ।


-नेपाली युवा शक्तिहरुलाई स्वदेश मै रोकेर राख्न के गर्न सकिएला ?
- यसको लागी प्रसस्त रुपमा उधोग धन्दा कलकारखाना खोल्नु पर्छ , यसका साथै रोजगारमूलक कार्यक्रमहरुको साथमा उचित नियम कानुनको व्यवसस्ता राज्यले गर्नु पर्छ। देशमै रहेर केहि गर्नका लागी सुरक्षाको ग्यारेन्टी हुनु पर्दछ र हजारौं युवा जन शक्तीहरुलाई देशमै केही गर्ने सृजनशील कार्यमा सरकारले लगाउन सक्यो भने स्वदेशमै रोकेर केहि गर्न सकिन्छ।
-बिदेशमा तपाईले के पाउनु भो, जुन स्वदेश बसाईले दिन नसकेको होस् ? -१४ अंचल ७५ जिल्लाका नेपाली दाजुभाईहरु तथा दिदि बहिनीहरु संग प्रत्यक्ष भेटघाट हुँदा अनुभब आदान प्रदान गर्न संयोग मिल्यो, अनि प्रत्यक्ष रुपमा बिदेसी रहन सहन साथ् साथै यहाँको कला, सीप र भाषा सिक्ने एउटा अवसर मिल्यो। यहि नै मेरो लागि गरौबको कुरा हो, र बिदेशको बारेमा सबै अनुभब गर्न पाइयो।

-बिदेश बसेर आफ्नो अमुल्य यौवन अर्काको भुमीमा खर्चिनु पर्दा कतिको पश्चाताप लागेको छ ?
-पश्चाताप त हजुरलाई लाग्छ, मलाई लाग्छ आम हामि सबैलाई लाग्छ। तर पश्चाताप लागेर पनि के गर्नु र ? अमुल्य यौबन र पसिना बिदेशमा आएर खर्चिनु परेको छ। त्यसैले हामीले जति बिदेशमा दुःख गरेर धेरै पारिश्रमिक पाए पनि त्यो क्षणिकको सुख मात्रै हो। हामि बिदेशमा ४/५ बर्ष बसेर नेपाल गयौं भने आफ्नै साथीभाइहरुको उन्नती देखेर आफुले बिदेशमा त्यतिकै बगेको पसिनाको मूल्य दिर्घकालिन नहुँदा त पक्कै मलाई मात्रै हैन विदेश बसेर नेपाल फर्किने सबैलाई पश्चाताप हुनेछ। त्यसैले जे जति दु:ख गरे पनि आफ्नै देशमै गर्न सक्यौं भने सदाको लागि आफ्नै हुन्छ र पश्चात पनि हुँदैन।

-अब कहिले स्वदेश फर्कदै हुनुहुछ ?
-हजुर बिदेसमा बसेर खासै केही गर्ने सकिएन.. त्यसैले अब नेपालमै बसेर केही गर्ने दृढ संकल्पका साथ यहि डिसेम्बर २५ तारिख नेपाल फर्किदैछु  
-स्वदेश गएर के गर्ने योजना बनाउनु भएको छ, जसले स्वदेश मै आत्मरनिर्भर बनाओस् ? -देशमा भएको १० बर्षे जनयुद्धले गर्दा देशमै रहेर केही गर्न नसक्ने जस्तो अवस्था देखेर विदेशिएको हुँ। अब गएर अधुरो अध्ययनलाई निरन्तरता दिने सोंच बनाएको छु र यसका साथ् साथै म संग सफ्टवेयर प्रबिधी र वेब ग्राफिक्सको बेसिक अनुभब छ, म यहि क्षेत्रमा लागेर पनि केही गर्ने योजनामा छु।

-प्रसंग बदलौं, तपाई साहित्यिक स्रष्टा कस्तो चल्दैछ अहिलेको साहित्यिक यात्रा ?
  -साहित्य र मेरो जिबन एक आपसमा अन्तर सम्बन्ध छ। मेरो साहित्यमा बिशेष त गजल, हाइकु, मुक्तक र कबिता मेरो रुचिका बिषयहरु हुँन। त्यस मध्यमा गजल विधा मेरो मनको भावना पोख्ने एउटा राम्रो माध्यमको रुपमा मैले लिएको छु। त्यसैले गजल मेरो लागी अत्यन्तै मन पर्ने विधा भएकोले पनि पहिलो प्रकासनमा गजल संग्रह नै प्रकाशित गरेको छु । अनि यस्तै जिबनको हुरी बतास र समयको यो पावन्दी संगै म निरन्तर यसरि नै साहित्यमा यात्रा गर्दैछु। पछी भावी दिनहरुमा पनि मेरो यो साहित्यिक यात्रा यसरी नै तिब्र रहिरहने छ। मेरो साहित्यिक यात्रा पनि कहिले दुःख, कहिले सुख अनि कहिले हाँसो, कहिले आँशुमा भावनाको अनन्त गहिराई भित्र डुबुल्की मार्दै यसरी नै भावनाहरुलाई पोख्दै साहित्यमा यात्रारत छु।

-कहिले देखी लेख्न थाल्नु भएको हो, लेखनको प्रेरणा के लाई मान्नु हुन्छ ?
-हजुर म गाउँमा हुँदा एफएम रेडियोमा आउने साहित्यिक कार्यक्रमहरु सुनेर र पत्रपत्रिका खोजी खोजी पढ्ने एउटा रुचिको बिषय भएको हुँदा अन्य सथीभाइहरु रचना पनि रेडियोमा सुन्न पाउँदा र पत्र पत्रिकामा प्रत्यक्ष पढ्न पाउँदा नै मैले साहित्य सृजना गर्न २०६१ साल देखी सिर्जना गर्न थालेको हुँ। लेखनको प्रेरणा भन्नु पर्दा मेरा अग्रज स्थापित गुरुहरु र साथीभाइहरु नै हुनु हुन्छ। मैले जती गजलहरु लेखें त्यी लेखेका गजलहरु फेसबुकको वालमा राख्दा सबै बाट राम्रै सल्लाह सुझाब र हौसला पाउँदा मैले मेरो लागी लेखनको प्रेरणा फेसबुकका साथीभाइहरु तथा अग्रजहरु गुरुहरु र साहित्यिक पत्र पत्रिका अनि रेडियोहरु पनि लेखनको प्रेरणाहरु हुन।

-गजल रेकर्ड गराउनु भो एकै साथ गजल संग्रह पनि प्रकाशन गर्नु भो यस्तो हतार किन ?
-बास्तबमा एउटा गजल संग्रह प्रकाशन गर्ने मेरो धेरै पहिले देखि सोंच थियो, र पछी आएर फेरी एउटा गजल पनि सांगीतिक स्वरूप प्रस्तुत गर्ने योजना बनाएँ | त्यसैले गर्दा नै धेरै बर्ष पहिलेको गजल संग्रह प्रकाशन गर्ने सोंच र अहिलेको गजल रेकर्ड गराउने योजनाले गर्दा एकै चोटी दुई ओटा कार्य गर्दा अलिक छिटो नै भएको छ। हतार गर्नुको कारण गजल लेख्दै र सिक्दै जाने क्रममा यो गजल संग्रह निकाल्न पनि सिकेकै खाँचो ठानेर अझ छिटो भएको हो। फेरी मैले अहिले एकै चोटी सबै बाट सहयोग र साथ् नपाएको भए अलिक पछी पर्ने थियो होला। तर गजल रेकर्ड गर्नमा तिब्बत दर्लामी जीले बिशेष सहयोग गर्नु भयो र चर्चीत गायक दीपक लिम्बूको स्वर र संगीतकार राजेश थापाको समधुर संगीत पहिलो सांगीतिक कोसेली ‘बसन्तमै उजाडी गएँ… सगीत बद्ध भएर तपाइको माझमा, हामो माझमा आएको छ। अनि गजल संग्रह बारेमा रोल्पाका खेमराज गाउँलेको बिशेष सहयोगमा यती छिट्टै प्रकाशन गर्न सफल भएको हुँ । तर, मैले संग्रह प्रकाशन गर्दा र गजल रेकर्ड गराउंदा धेरै कुराहरु सिक्ने अवसर पाएको छु।

-तपाईको संग्रह र गजलबाट कस्तो पाठक, श्रोता प्रतिक्रिया पाउदै हुनुहुन्छ ?
-मेरो गजल संग्रह ‘पर्खाइका बाटाहरू’ भर्खरै लोकार्पण भएको हुँदा अहिले सम्बधित ठाउँ र स्थान सम्म अझै बजार ब्यबस्थापन नभएको हुँदा त्यति प्रतिक्रिया पाएको छैन। तर ४/५ जना साथीहरु बाट राम्रो भएको भन्ने सुझाब पाएको छु। अब एफएम रेडियोहरुमा बिज्ञापन पनि पठाउदैछु सम्पूर्ण गजलमनहरुले त्यो बिज्ञापन सुन्नु भयो भने सबै बाट प्रतिक्रिया पाउने नै छु भन्ने आशा र बिश्वास लिएको छु। रेकर्ड गजल बारे त निकै राम्रो रेस्पोन्स आइ रहेको छ। यु ट्युमा देखी लिएर नेपालका एफएम रेडियो र अनलाइन रेडियो मार्फत निरन्तर बजिरहेको छ। अन्य साथीहरुले पनि यसै बाट सुनेर निकै हौसला दिनु भएको हुँदा यसले गर्दा अझ केही गरौँ भनी फेरी हौसिएको छु र पाठक र स्रोताको मन सांगीतिक गजल र गजल संग्रहले जित्न सक्छ भन्ने लागेको छ।


-तपाई, समाचारमुलक वेब चलाउनुहुन्छ, आफ्नै निजी ब्लग छ, अनलाईन रेडियो पनि शुरु गर्नु भाछ, आफ्नो नियमित काम यी सबै कसरी भ्याउदै हुनुहुन्छ ?
-हजुर भन्नु पर्दा प्रवासको १३/१४ घण्टा बिचमा यतिका काम गर्नका लागी समय मिलाउन निकै गाह्रो छ। तर हामीले अनलाइन रेडियो सञ्चालान र त्यी १३/१४ घण्टा बिचको समय मिलाएर वेबसाईटमा साप्ताहिक रुपमा न्युज अपडेट गरिन्छ, बाँकी अरु छुट्टीको दिनमा न्युज सम्पादन गर्ने पर्सनल वेब र ब्लगमा लेख रचनाहरु पोष्ट गर्छु। हाललाई यसरी नै समय मिलाएर माथीका यी कार्यहरु निरन्तरता दिईरहेका छु।

-माथिका सबै कामहरुमा एकै चोटी हात हाल्दा सफल होलान् र कतै रहरै रहरमा हराउने त हैन ? के छ दिर्घकालिन योजना ?
  -साहित्यको लागी त म जीवित रहे सम्म साधना गर्दै आत्म साथ गरेर अगाडी बढ्नेछु, तर यो अनलाइन कार्यक्रम भने मलेशिया बाट संचालन गर्न दिर्घकालिन हुन् असम्भब छ। सायद सबै साहित्य प्रेमीहरु एक भएर संचालन गरे त मलेशिया बाट सधै गर्न सकिन्थ्यो, तर सबैको १४ घण्टा ड्युटीले गर्दा पनि फुर्सद हुँदैन, फेरी म २ महिना पछी नेपाल जादैछु। त्यसैले पनि अब अनलाइन कार्यक्रमलाई निरन्तर दिन मुस्किल छ। त्यसैले दिर्घकालिन यो जना त खासै केहि त्यस्तो छैन।

-मलेशियाको साहित्यिक माहौल कस्तो देख्नु भाछ?
  -भर्खरै मात्रै घोषणा भएको साहित्यको नयाँ विधा ‘केस्रा’ पनी मलेशिया बाट नै प्रतीपादन भएको छ। अरु यस्तै मलेशियामा नेपाली साहित्यिक संघ संस्थाहरु धेरै छन्। यी साहित्यिक संघ संस्थाहरु बाट पनि कृतिहरु प्रकाशित भैसकेका छन्। भने अन्य साथिहरुको कृति पनि बाहिर बाट प्रकाशनमा आउने क्रम जारी नै छ। यस्तै क्रममा उदाउँदो तारा साहित्य समाज पेनाङ मलेशियाले आज सम्म मलेशियाले नेपाली साहित्यको लागी धेरै उल्लेखनीय काम गरी सकेको छ। अनि यस्तै साहित्यिक माहोलमा नेपाली साहित्यलाई अगाडी बढाउनमा मलेशिया बाट पत्र पत्रिका र अनलाइन फेसबुक मार्फत मैले चिनेका साहित्यकारहरु श्रीजन श्री, दिलिप सगर राई, देबेन्द्र सुर्केली, मौलश्री लिम्बू , भीम स्नेही, दीप दर्शन, जीतमान राई ‘सविन’ तपाई लगाएत सबैको सक्रियतामा मलेशियामा नेपाली साहित्यिक माहोल अझ अगाडी प्रखर हुँदै गएको मैले देखेको छु, र यसो भनौ मलेशिया बाट नेपाली साहित्य श्रीवृद्धिमा सबै स्रष्टाहरू लागी पर्नु भएको छ।

- अन्त्यमा……
-अन्त्यमा भन्नु पर्दा मलेशियाको यो पराई भूमिमा छरिएर बस्नु भएका सम्पूर्ण मेरा समकालीन सम आदरणीय सर्जक गुरुहरु लगायत… दाजुभाई तथा दिदीबहिनीहरुमा बिजया दशमी तथा शुभ दीपावली २०६९ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। क्षेणिकको खुसीमा परिवारलाई भुलेर अज्ञात नबनौं, स्वर्ग जस्तो घर परिवारको दु:ख र पिडा सम्झेर आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्क्यौं, अन्त्यमा मलाई मलेशियामा जुन अनलाइन र फेसबुक देखि टाढा रहनु हुने साथीहरु संग परिचयात्मक नयाँ साइनो गाँस्नमा आफ्नो अमुल्य समय मलाई दिनु भएकोमा तपाई लगायत  उदाउँदो तारा डट वोर्डप्रेस डटकम प्रती हृदय देखि नै आभार प्रकट व्यक्त गर्दछु, र हार्दिक धन्याबाद पनि दिन चाहन्छु। मलाई कसैले भेट्न चाहानु हुन्छ भने गुगल सर्च र फेसबुकको नाम फेसबुक डटकम स्ल्याक्स Nabaraj Budha Nabin Udasi सर्च गरेर अथवा मेरो यो nabinudasi@gmail.com / onlinesahityikblog@gmial.com मा जुन सुकै बेला पनि भेट्न सक्नु हुनेछ। धन्यवाद !

साभार: उदाउँदो तारा साहित्य समाजको ब्लग बाट.. 

,

0 comments

Write Down Your Responses

तपाइको अमुल्य सल्लाह , सुझाब र प्रतिक्रिया दिन नभुल्नुहोस् । Please, drop Your Valuable Comment Here ..Or Direct Send us Email Info.nbnabinudasi@writeme.com / Onlinesahityikblog@gmail.com