वार्षिक साधारण सभा तथा अधिवेशन आज


 पखाईका बाटाहरुको विमोचन     – पुरस्कार वितरण
खेमराज गाउँले, रोल्पा असोज १३
ललित साहित्य परिषद् रोल्पाको पाचौं अधिवेशन तथा १२ औं साधारणसभा आज लिबाङमा हुने भएको छ ।विहान ११ बजे जिविस नयाँ हलमा सुरु हुने कार्यक्रममा कृति विमोचन तथा पुरस्कार वितरणको कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा बुढागाउँ रोल्पा घर भइ हाल वैदेशिक रोजगारको सिलसिलामा रहेका नवराज बुढा ‘नवीन उदासी’को ‘पर्खाइका बाटाहरु’ गजलसङ्ग्रहको विमोचन गरिने छ ।
त्यस्तै सोही कार्यक्रममा ‘दीया नवप्रतिभा पुरस्कार’ र ‘मिलन स्मृति साहित्य पुरस्कार’ वितरण कार्यक्रम समेत रहेको ललित साहित्य परिषद् तदर्थसमितिका अध्यक्ष कृष्ण डी.सी. ‘निर्जन’ले जानकारी दिनुभयो । उहाँका अनुसार दीयो नवप्रतिभा पुरस्कारबाट ‘समर्पण’ गजलसङ्ग्रह प्रकाशित गरेबापत जलजला रोकामगरलाई प्रदान गरिने र मिलन स्मृत प्रतिभा पुरस्कारबाट ‘जीवन उपदेश’ गजलसङ्ग्रह प्रकाशित गरेका गजलकार रेशम संगीतलाई प्रदान गरिने छ ।