Atitaka Panaharu..

-  नवराज बुढा नवीन उदासी'

धेरै बर्ष पछी आज फेरी त्यस्तै झरी पर्यो
तिमीलाई सम्झेर होकी हाँस्दा हाँस्दै आँशु झर्यो|

आज तिमिलाई भुल्न गार्हो भैरहेको छ| कुनै पल तिमि संग रमाएको त्यो क्षेन सपना
जस्तो पनि लाग्छ| त्यहि पल र अतितका पानाहरु पल्टाउदै छु... कतै भेट्छु हाँसो,
कतै भेट्छु आँशु अनि कतै भेट्छु जिन्दगीको निकै रमाइलो पल हो म आज त्यहि
अतितका पानाहरु सबै पल्टाउने प्रयासरत छु| आफुले मन पराएको मान्छे, आफ्नो मनले
चाहेको मान्छे संग मिलनको पलमा टाधिएर एक्लै बस्नु पर्दा कस्तो कस्तो खल्लो
अनुभूति हुँदो रहेछ... | मन पराएको मान्छे र अतितको साथिलाई भुल्न धेरै नै
गाह्रो भएको छ आज मलाई| हो आज यस्तै अनुभूतिलाई प्रतिबिम्बित गरेर अतितको पाना
पल्ताउदैछु| हुँन त तिमि आज कसैको भई सके पछी,  मैले पनि तिमीलाई भुल्न हर
प्रयास गरें.. तर भुल्न सकिन| केवल तिमि मेरो आँखा वरिपरी आइ रह्यौ..र तिम्रा
याद गराउने हरेक चिजहरु जति दुर राख्छु| तर, झन्-झन् सताउदैछ तिम्रो एकोहोरो
मायाँले|

तिमि बिना बाँच्न गाह्रो भो
मुटु दुखिरहन्छ सास फेर्न साह्रो भो|

कुरा आज भन्दा ५ बर्ष अघिको हो, जुन बेला मेरो गाउँकै एउटी केटी संग नजर जुध्न
पुगेको थियो| दोबाटोमा हाम्रो भेट भएको त्यो पल, त्यो अतित आज जस्तै लाग्छ| तर
बर्तमान कहाँ पुगेछ। उनि संग पहिलो चोटी भेट हुँदा उनि सार्है मुस्कुराएकि
थिईन| मलाइ उनको त्यो पहिलो मुस्कानले मेरो मन मोहित पारेको थियो| साँच्ची म
आज उनको त्यो रुपको ब्याख्या गर्नै सक्दिन..| मेरो लागि उनि केवल एउटी
स्वर्गकी अप्सरा नै हुन भन्ने मलाई लाग्थ्यो, र भगवानले पनि मेरै लागि भनेर यस
धर्तीमा जन्म दिएका हुन जस्तो लाग्छ| तर, मैले मात्रै तिमिलाई एकोहोरो मन
पराएको थिएँ। जिन्दगीमा मैले तिम्रै साथ् पाउछु भनि सोंचेको थिएँ, कल्पना
गरेको थिएँ। तर मैले तिमीलाई यी सवै कुरा भन्न सकिरहेको थिएन| म तिमीलाई
चाहान्छु, म तिमीलाई मायाँ गर्छु भन्न सकिरहेको थिएन| तर अहिले नचाहेरै भुल्नु
पर्ने बाध्यता हाम्रेा.....

मायाँ एउटा सँग, बिहे एउटा सँग
यस्तै रै'छ भाग्य लेख्ने नियम देउता सँग।

हाम्रो दिनहुँ जसो  देख भेट भए पनि मैले तिमीलाई एकान्तमा कतै भेटेर यी सब
कुरा भनेर मन खुल्ला बनाउछु भनि सोंचिरहेको थिएँ| तर समयले साथ दिएन संयोग पनि
मिलेन र मैले तिमीलाई सवै कुरा भन्न पनि सकिन| मनका कुरा सवै म तिमीलाई भन्छु
भनें तर, भन्नै सकिन| मन दह्रो बनाएर जब म तिम्रो समिपमा पुग्थे मेरो मन
सार्है डराएँ झैं हुन्थ्यो| तब म तिमीलाई मनका कुरा भन्न भन्छु चिल्चिल पसिना
आउंथ्यो, डरले हो या के ले हो मलाइ थाहा थिएन। म तिम्रो एकोहोरो मायाँ र
भावनाको अनन्त गहिराइ सम्म दुबिरहें हो दुबिरहें। मैले मनमा तिम्रै बारेमा
हरेक कुराहरु सोंच्थें म तिम्र बारेमा सोंच्दा सोंच्दा तिम्रो नशालु हेराई र
त्यो तिम्रो नज़र देखि थाकी सकेको थिएँ|

थाकेकेा येा नजरमा आँशु  नदेउ प्रिय
चाहन्छु म तिमिलाइ बिन्ति बुझन व प्रिय।

यसरि हाम्रो बाटो एउटै, गन्तब्य एउटै भएको हुँदा दोबाटोमा सधै मेलापात गर्दा
स्कुल जाँदा आउदा भेट भए पनि एकापसमा भित्र भित्र मनका कुराहरु पत्र मार्फत नै
सातासात गर्थ्यौं| सधै हाम्रो पत्र निरन्तर तिब्र रुपमा चलि रहन्थ्यो...
 हप्तामा ४/५ ओटा चिठीहरु प्राप्त भएको हुन्थे| हाम्रो मनको भावना साट्ने
माध्यम नै पत्र थियो| त्यो बेला गाउँघरमा फोन सेवा प्रयाप्त थिएन| त्यसैले
हाम्रो माध्यम पत्र नै बनेको थियो..| यसरि समय पनि कोल्टे फेर्दै बिस्तारै
परिबर्तन हुँदै गयो| गाउँका सवै साथिभाइहरु विदेश गइ धन कमाइ फक्री आएको
देख्दा मलाई  पनि रहर भनौ या विवसता ? बिदेशिन मन लाग्यो| बैदेसिक रोजगारको
लागि सम्पूर्ण कागजत, एग्रिमेन्ट पत्र बनाएर मलेशियाको लागि भिषा अप्लाई गरें|
मलेशिया अन्य देश भन्दा हावा पानि, बातावरण सवै राम्रो भएकोले पनि मैले
मलेशियाको लागि नै भिषा अप्लाई गरेको थिएँ| यस्तै मेरो पनि एग्रिमेन्ट पत्र
बुझाएको २ हप्ता पछी भिषा आयो| के गर्नु भर्खरै कोपिलालामा हुर्कदै गरेको
फूललाई छोडेर आउँन बिबस भएँ| आउँदा अन्तिम पल्ट भेटेर जान्छु त भनें, तर समय
निकै छोटो थियो| त्यसैले मैले तिमिलाई भेट्न सकिन|  मलाई तिमीले त्यो बेला
निष्ठुरी सम्झिएर कति गाली गर्यौ होला भनि म यस्तै कुराहरु सोंच्दै-सोंच्दै
काठमाडौ आएँ| काठमाडौ आएको ३ दिन पछी मलेशियाको लागि उडान भएको थियो| तर जति
सोंचे पनि के गर्नु सवै भुलेर आउँन बिबस भएँ... मैले तिमिलाई आउँदा भेट्न नसके
पनि यहाँ आई सके पछि पत्रमा सवै कुरा लेखेर पठाउँछु भनेको थिएँ| तर, अँह बिदेश
भन्नु गाउँघर जस्तो नहुँदो रहेछ|

चिठी तिमीलाई लेखुं भन्छु मनको कुरा मनमै रह्यो|
सम्झनाले सताई रह्यो, यो आँखाले हेरी रह्यो|

करिब मलेशिया आएको ८/९ महिना पछी बल्ल तिमीलाई एउटा पत्र लेखेर पठाएँ..|
बिरानो यो मुलुकमा लाखैां माइल टाढा भए पनि बिगत गाउँमै हुँदा झैँ पत्र
निरन्तर चल्दै थिए| तिमीले पत्रको जवाफ पनि छिटै पठाएका थियौ ४६ दिन पछी पत्र
पाएको कुरा पनि पत्रमा सवै लेखेका थियौ| मैले तिमीले पठाएका सबै पत्रहरुको
प्रत्युत्तर पनि सबै दिएकै थिएँ र फोनमा पनि कहिले काहीं बातचित हुँदैथ्यो|
तर, मैले तिमीलाई त्यहि एउटा कुरा भन्न सकिरहेको थिएँ हो.. त्यहि एउटा कुरा...
पछी फेरी पत्रमा लेख्छु भनि फेरी पत्र लेख्ने सोंच गरें| तर, मलाई समयले साथ
दिएन हो मलाई समयले साथ् दिएन| मार्केटिङ डिपार्टमेन्टबाट फेरी सबै कम्पनीमा
घुम्नु पर्ने भएकोले पनि समय मिलाउन सकिन|

उडेर जुन छुन्छु भन्थे तर आज पिंजडाको चरी सरि भएको जीवन
बगेर सगर पुग्छु भन्थे तर बगरको ढुंगा सरि  भएको छ जीवन|

 यो समय पनि मै दुखीको लागि मात्रै तगारो बनिदिन्छ| कहिले काहीं यो समय संग
यस्तो रिश उठ्छ| तर के गर्नु समय न त छेकेर छेकिन्छ, न त रोकेर रोकिन्छ | यो
समय खाली मेरो लागि नै खेलवाड गर्छ| मलाइ नै रुवाउँछ, मलाइ नै पल-पल तड्पाउँछ|
हो म यो समय संग चल्न सकिरहेको छैन| त्यसैले होला मैले तिमीलाई छिट्टै न त
पत्र लेख्न सके , न त छिट्टै फोन गर्न सकें..| कहिले काहीं समय मिलाएर तिमीलाई
फोन गर्दा पनि सधै स्वीच अफ मात्रै भन्थ्यो|  फोन लागि हाले पनि तिम्रो अर्कै
साथीले उथाउथिन| मैले फेरी भोलि पल्ट पनि फोन गरें ..  तिम्रेा नाम लिएर उनि
कहाँ छिन ? उनले किन आज भोलि फोनै उठाउँदिनन् ! कतै म देखि रिसाएकी छन् कि ?
भनेर तिम्रो साथीलाई सोधें.. तिम्रो साथीले पनि त्यस्तो होइन रिसाएकी पनि छैन
भनिन्|

भावनाको भेलमा जिन्दगी बग्यो
आधा उमेर कल्पनामा बिट्यो.

हिजो सिकिस्त बिरामी थिइ, हिजो मात्र उ र म हस्पिटल गएर आएका छौं भनेर तिम्रो
साथीले भनिन| म एक छिन रोकिएँ.. एक छिन सोचें.. ! हँ के को बिरामी ? कहिले
देखिको बिरामी हो भनि सोधें ! तर तिर्मो साथीले त्यतिकै फोन काटिन...| बाँकि
कुरा गर्न नपाउंदै फोन राखिन| म पछी होस्टेलमा आएर निकै बेर सोंचिरहें हो
तिम्रै बारेमा सोंचिरहें एकान्तमा| पछी तिम्रै फोनमा  बल्ल-बल्ल फोन लाग्दा
खुशी पनि लागेको थियो मलाइ | 'म हिजो अलिक सन्चो थिएन| त्यसैले मेरो साथीले
फोन उठाएको थियो भन्यौ|' रुघाखोकी त होला ? निको भैहाल्छ| स्वास्थ्यको राम्रो
संग ख्याल गर्नु म भन्दै थिएँ| तर तिमीले पनि यतिकै फोन काट्यौ | तिम्रो
साथीले पनि यस्तै फोन काट्ने , तिमीले पनि यतिकै फोन काट्ने ? आखिर तिम्रो
बहाना के हो म सोंच्न थालें| त्यतिकै फोन राख्दा मलाई धेरै रिश उठेको थियो, हो
मलाई कम्त रिश उठेको थियो| तर, जति रिश उठे पनि के गर्नु ? आफ्नो  मनलाई
सम्हालेर राखें| अनि, तिमीलाई फेरी एकोहोर भएर सोंचे ! अब म तिमिलाई कहिल्यै
पनि फोन गर्दिन... मैले फोन गर्दा तिमीलाई दु:ख पो हुने रहेछ भन्ने सोंच्दा
सोंच्दा म त साँच्चिकै तिम्रो एकोहोरो मायाँले गर्दा म त पागल झैं पो हुँन
पुगे छु| तर तिमी किन म संग बोल्दिनौ.... ?

के भुल भयो र प्रिया तिमि म संग बोल्दिनौ
उज्यालो दिन उघातै पर्दा रात पो पोल्दिनौ !

तर, सवै कुरा जानेको छु बुझेको छु... यतिका कुरा आफैले बुझेर पनि यस्तो गर्नु
ठिक होइन भनेर सोंचे| पागल भएर हिदौं भने बाहिर पोलिसको डर र कतै गाडीको डर
पनि थियो| हो त्यसैले एकान्त कोठामा बसेरै मनलाई सम्हालें| मैले तिमीलाई
भुल्छु भनि हर प्रयास गरें | तर, कहाँ सकिँदो रहेछ र ? पलपल फेरी पनि तिमीलाई
नै सम्झिएँ हो भुल्छु भन्दा पनि फेरी तिमीलाई नै सम्झिरहें| बालापनको त्यी
रमाइलो अतितहरुहरु सारा सवै सम्झिरहें तिमीले भुले पनि| यस्तै प्रवासको जीवन
पनि कहिले हाँसो त कहिले आँशु गरेर यसरि नै व्यतित हुँदै छन्| म आज हाम्रो
अतितका पलसारा भुल्ने प्रयासमा निरन्तर साहित्यमा साधनारत रहेर आज ४ बर्षको
अन्तराल भित्र परदेशको कोशेली भनौ या विदेशको चिनो कतै तिमि पराइको भए पनि
फर्की आउँछौ कि भनि तिम्रै बाटो हेरेर गजल संग्रह प्रकाशन गर्न सफल भएको छु हो
पर्खाइका बाटाहरु .....

पर्खाईमा बिझ्यो सिरानी
सम्झानिमा बिट्यो सपनी
चांडै फर्की आउ ए मेरी मयांलु...।

तिमीलाई धेरै दिन पछी फेरी पनि सम्झिएँ भुल्छु भने पनि... तर तिम्रो त्यो फोटो
हेरें तिमीले धेरै बर्ष अगाडी पठाएको त्यो चिठीलाई पढेर फेरी पनि तिमीलाई
सम्झिएँ | जति रिश उठे पनि, जति गाली गरेर पनि आफ्नो मान्छे भनेको आफ्नै हुँदो
रहेछ ! त्यसैले आफ्नो मान्छे, आफुले चाहेको मान्छेको मायाँ लागि नै हाल्ने
रहेछ ! आज फेरी तिर्मै मायाँले कता कता सटाउन थाल्दा फेरी तिमीलाई फोन कहिल्यै
गर्दिन भने पनि फोन गर्न पुगें...! तर, तिम्रो फोन फेरी पनि स्विच अफ भन्यो|
मलाई तिर्मो नयाँ नम्बर थाहा थिएन| पछी गाउँमा फोन गरेर एक जना गाउँले  भाइलाई
फोन गरे तिम्रो बारेमा बुझ्न चाहेर तिम्रो नयाँ नम्बर लिएर तिमीलाई फेरी पनि
फोन गरें| तर, तिम्रो त्यो नम्बर पनि स्विच अफ थियो| अनि सेांचे सपना भुलाइ
सारा....

सपना भुलाई सारा आँशु पिएर जाउ
मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाउ

म तिर्मो एकोहोरो मायाँमा झनै छतपतिएर पानीबिना माछाझैं भएँ| तिमीलाई सम्झिएर
कराएँ, रोएँ, कयौं रोदन र चित्कार छोडें... तर, बिरानो यो शहरमा मेरो भावना
बुझ्ने को नै थियो र ? तिमीलाई जति फोन गरे पनि फोन नलागे पछी गाउँमा फेरी
त्यै भाईलाई फोन गरेर सोधें तिर्मो बारेमा| भाईले भन्दै थियो| उनि त घरमा
छैनन| उनको त बिहे भै सक्यो भन्यो भाइले| म झसंग भएँ, त के भन्दैछस् भाइ भनें
| हो दादा उनको त बिहे भयो| बिहे भएको पनि २/३ महिना भैसक्यो, उनले त चाहेको
थिएनन रे ! जवजस्ती लिएर सिन्दुर हाली दिएको भन्यो| म केही भन्ने सकिन| केहि
सोच्नै सकिन| आफुलाई मन परेको फूल झरे पछी दीपक लिम्बु  र राजेश थापाको संगीत
र मेरो शब्द सृजनामा यस्तो भन्न बिबस भएँ हो यस्तो भन्न....

बसन्तमै उजाडी गएँ मन परेको फूल झर्दा खेरि
हेर्ने सकिन तिम्रो शिरमा पराईको सिन्दुर पर्दा खेरी|

आज म तिमि संग प्रत्यक्ष भेट नभए पनि रेडियो जलजलाको  बिधुतिय तरंग मार्फत
तरंगित हुँदै तिम्रो मेरो अतितका पाना सारा छरपष्ट पोख्दैछु| बरु रेडियो
सुन्दै छयौ भने प्लिज रेडियो बन्द नगरिदेउ, रेडियो अलि समिप लिएर रेडियोको
भोलम बढाएर ध्यान दिएर सुनिदेउ यो मेरो आग्रह हो| म आज तिमीलाई के भनेर
सम्बोधन गरौँ ? कयौं शब्दकोषको पाना पल्टाएर खोजें| तर, तिमीलाई सम्बोधन योग्य
शब्द कतै पाउँन सकिन| प्रिय भनेर सम्बोधन गरौँ या निष्ठुरी भनेर सम्बोधन गरौँ
? अलमलमा परेको छु| म तिमीलाई तिम्रो बास्तविक नाम बाट सम्बोधन गर्थे| तर
तिर्मो त्यो नयाँ जीवन माथि कतै असर पर्छकी भनि म तिमीलाई तिम्रो बास्तविक नाम
बाट सम्बोधन गर्दैन| त्यसैले आज म तिमीलाई प्रिय नै भनेर सम्बोधन गर्दैछु|
हुन् त तिमि अरु कसैको भै सके पछी तिमीलाई आफ्नो भन्नु आधिकार त छैन|

तिम्रा लागि ज्यान दिन्छु तिमि मेरो मनको राजा
संगै जिउने संगै मर्ने हाम्रो चोको नाता....
यो त सब भन्ने कुरा न हो !

तर, पनि माफ गर्नु एक पटक म तिमीलाई प्रिय भनेर नै सम्बोधन गर्न अनुमति
चाहन्छु| प्रिय तिमि आज भोलि कहाँ छौ ? के गर्दै छौ र कस्तो अवस्थामा छौं ?
जहाँ जे जस्तो अवस्थमा भए पनि सधै हाँसेर जीवन बिताउनु, जीवनमा कहिल्यै दुख
नपरोस् यहि नै मेरो कामना छ तिमीलाई| तिम्रो जीवन त खुसि छ है ? दिन पनि
आरामले बिताउंदै छौ होला| म पनि यो बिरानो सहरमा जेनतेन भए पनि मातृवियोगको
पिडा र तिम्रो पीडाले गर्दा जेहोस भन्नु पर्दा निकै आरामै छु|  प्रिय तिमि त
मलाई निष्ठुरी परदेसी भन्छौ होला ? र भन्नु पनि स्वाभाविक नै हो| म तिमि बाट
नचाहेरै पनि आज छुट्नु पर्यो| नचाहेर पनि भुल्नु पर्ने बिबसता आउँदा म तिमि
बाट निष्ठुरी झैं बन्न पुगें आज| गल्ति तिम्रो हैन, गल्ति त मेरै छ| म आज
आफुले गरेको गल्तीलाई सहर्ष स्वीकार गर्दैछु|

म कहिले हाँसेको थिएँ मेरो समू तिमि रुंदा
किन त्यसै गालि गर्छौ बाध्यतामा टाढा हुँदा.. !

 गालि नगर्नु प्लिज...! प्रिय एक पटक त्यी हाम्रो बिगत र अतीतलाई फर्केर हेर
त् ..| कस्तो थियो त्यो हाम्रो अतित्, त्यो हाम्रो बिगत ? हो आज म त्यहि
हाम्रो अतीतलाई सम्झिरहेछु| त्यो बेलाको समय, त्यो बेलाको त्यो पल साँच्ची कति
रमणीय थियो है ? तिमि सधै साथीहरु संग मात्रै हिड्ने गर्थ्यौ अरु बेला| तर,
त्यो दिन हाम्रो संयोग नै भन्नु पर्छ| आउने जाने हिड्ने तिम्रो मेरो बाटो एउटै
थियो| फेरी त्यो बेला पानि पनि कत्ति परेको थियो| तिमीले त छाता ओढेका थियौ|
तर, मैले त्यो दिन छाता लग्न भुलेको थिए, मलाई त्यो दिन पानि आउँछ भनेर थाहा
थिएन| तर, बर्षायामको त्यो समय कुन बेला पानि पर्छ भन्ने थाई हुँदैनथ्यो| म
किताव हातैमा उचालेर पानीमा निर्थुक्क भिज्दै हिंड्दै थिएँ| तर, तिम्रो भावना
साह्रै दयालु है ! कति सहयोगी भावना तिम्रो ! तिमीले मेरो हातको किताब सबै
लिएर आफ्नो ब्यागमा आफ्नो किताबको बिचमा लिएर राख्यौ| मलाई त्यो बेला साँच्चै
किताव हैन मलाई नै तिमीले मुटुमा राखेको जस्तो अनुभूति भैरहेको थियो यो मनमा|
मलाइ आज त्यो दिनको सम्झना सार्है आउँछ प्रिय| तिमीले मलाई पनि संगै छाता ओढ्न
आग्रह गर्दै थियौ| पानीमा भिज्नु हुन्न छाता त सानो छ| तर, पनि मिलेर ओधौँ
तिमि भन्दै थियौ| तर, मलाई लाग्यो देख्ने मान्छेले हामीलाई के भन्लान? हामीलाई
के सोच्लान् भन्ने भावना जागेर म तिमि संग छात ओढ्न नसको थिएँ|

चिनारी हाम्रो धेरै पुरानो रहेछ झैं लाग्दछ,
न देखि पनि भेट भए झैं लाग्दछ !


यस्तै त्यो झरीमा हिड्दा हिड्दा पछी बाटो फाट्ने ठाउं पनि आयो| छुट्टिने बाटो
आए पछी तिमीले ब्याग बाट किताब दिंदा खेरि तिमि मुसुक्क हासेको त्यो पल आज ५
बर्ष हुँदा पनि अहिले झैं लाग्छ| बिदाइका हातहरु हल्लाउदै तिमि गयौ| म पनि
हतार हतार घरमा गएँ| बाबा आमाले गाली गर्नु हुन्छ भन्ने डर पनि थियो| किन कि
त्यो दिन सार्है ढिला भै सकेको थियो| मलाई बाटोमा जाँदा त धेरै भोग लागेको
थियो| तर, जब घरमा पुगें मेरो भोग सबै कता हरायो| भात खान नै मन लागेन हो
तिमीलाई सम्झिएर| आज सम्म पनि मैले यो कथा कम्प्युटरमा टाइप गर्दा पनि तिम्रो
त्यो मुहार झल्झली कम्प्युटरको स्क्रिनमा देखि रहें त्यी बिगतलाई सम्झिएर|

मैले भुल्न तिमीलाई न खोजेको होइन
तिमि आयौ सपनीमा घरि घरि झस्काउन!

म तिमीलाई यति धेरै मायाँ गर्थें.. तर मैले मन पराएको कुरा मैले तिम्रो समक्ष
भन्न सकिरहेको थिएन| म तिमीलाई एकोहोरो मात्रै कति धेरै मन पराएँ, कति धेरै
चाहें.. तर आज आफुलाई नै रोगी बनाएको छु यो मायाँमा| मैले तिमीलाई मायाँ गर्छु
भन्न नसक्नु नै मेरो गल्ति थियो होला| सायद म त्यो बेला मैले तिमीलाई मनको
कुरा भन्न सकेको भए र म गाउँमा नै भै दिएको भए तिमीले आज अर्कै बाटो रोज्दीन
थियौ होला|  म विदेशमा बस्नु नै ठुलो गल्ति भयो.. जसले गल्ति गर्छ उसले धेरै
सोंच्छ र पछुताउँछ भने झैं म आज पछुताई रहेको छु| गल्ति मेरै हो, माफ गरिदिनु
एक पटक उही पुरानो साथि सम्झि मैले तिमीलाई भन्नु पर्दा गाउँमै बसेर जीवनयापन
गर्न नसकेर विदेशको बाटो रोज्नु नै ठुलो गल्ति भयो|

मलाई यो जिन्दगीले चोट दियो गनी-गनी
कहिले पराई बनि........

म विदेश बस्नाले नै अर्कै बाटो रोज्न बाध्य भएको हुनु पर्छ| तर, केहि छैन|
जिन्दगीको पलहरु सधै हाँसेर बिताउनु, तिम्रो नयाँ सम्बन्ध संगको साथ। मायाँ
पाउनु मात्र रहेन छ गुमाउनु पनि रहेछ ! यस्तै भनि मन बुझाएको छु। त्यो तिम्रो
जोडी लैला मजानु र मुना मदन झैँ कहिल्यै छुट्नु नपरोस् सधै अमर भएको म देख्न
चाहन्छु, म तिर्मो खुशी देख्न चाहन्छु हो म तिम्रो प्रगति देख्न चाहन्छु| मेरो
सबै दुर्गति  भए पनि केवल तिम्रो प्रगति देख्नु छ मलाई| तिमि आज पराईको
भैसक्यौ| तर म भने कसैको हुन् सकेको छैन| तिमीले आज बाध्यतामा मलाई एक्लै
दोबाटोमा छोडेर गए देखि..|  मलाई अझै तिर्मो मायाँ लाग्छ हो प्रिय तिम्रो
मायाँ लाग्छ| तिमि आज पराईको भएर गए पनि कतै फर्की आउँछौ कि भन्ने लाग्छ मलाई,
हुन् त बगेको खोला फर्केर त कहाँ आउँछ र ? तर,पनि दोबाटोमा पर्खिएर बसेको छु
हो तिमि आउँछौ भन्ने आशै आशामा.. त्यै हाम्रो पुरानो अतितको पानालाई सम्झिएर|

तिमि आऊछौ  भन्ने आशैमा आशामा बाटो भरि आँखा पछ्याई रहन्छु
तिमि सागर भै जता बगे पनि म किनार भै  पछ्याई रहन्छु!

तिमिले भनेका थियौ.. नेपाल कहिले आउनु हुन्छ ? मैले तिन बर्षको करार अवधी सकेर
आउंछु भनि तिमीलाई प्रबचन दिएको थिएँ| तर म आउँन नसक्नु नै मेरो गल्ति र
बाध्यता भन्नु पर्छ| मेरो घरको स्थिति पनि त्यस्तै भै दियो| तिमीले गाउँका सबै
साथीहरुको बिहे भयो, मेरो एक जना साथीको पनि बिहे भयो भनेका थियौ| एक दिन
जहिले पनि बिहे त गर्ने पर्छ भनेको थिएँ| तिमीले पनि हो भनेका थियौ| मैले पनि
तिम्रो भावना बुझेको थिए| तर, के गर्नु नचाहेरै पनि भुल्नु पर्ने बाध्यता आयो|
तर तिर्मो दाम्पत्य जीवनलाई..बधाई छ !
 ड्युटी पोस्ट मै धेरै साथीहरु अज्ञात छन्, कोहि सडक दुर्घटना र कोहि सुतेको
सुति हुन्छन्| अब म पनि बांचेछु भने केहि महिना पछी नेपाल आउदैछु| पृथ्वी गोलो
छ एक दिन अवश्य भेट हुन्छ| दोबाटोमा कहीं कतै भेट भएमा त्यै पुरानो साइनो साथि
सम्झिएर एकै बचन भए पनि बोलि दिनु| यो जुनी म तिर्मो बन्न सकेन, तिमि मेरो
बन्न सकेनौ.. तर, अर्को जुनीमा तिम्रो मेरो बन्नु म तिर्मो बन्नेछु| उही
तिम्रो अतितको साथि

तिम्रो  सिउँदो सजाई दिने मेरो एउटी धोको
तिमि प्रति जति चाहना जुन सबै मेरो चोखो!


                                                   नवराज बुढा नवीन उदासी'

0 comments

Write Down Your Responses

तपाइको अमुल्य सल्लाह , सुझाब र प्रतिक्रिया दिन नभुल्नुहोस् । Please, drop Your Valuable Comment Here ..Or Direct Send us Email Info.nbnabinudasi@writeme.com / Onlinesahityikblog@gmail.com