श्रमजीवी पत्रकार !

                               -By Nabaraj Budha 'Nabin udasi'
                          लघुकथा

दिनभरिको बाह्र घण्टा ड्युटी निभाएर होष्टेलमा आएर सुस्केरामा थकानको महसुस गर्दै थिएँ। अचानक फोन आयो। मैले पहिले कल रिशिभ गरिन। किनकी नयाँ अपरचित नम्बर आएको थियो। पछी फेरी पनि फोन आइरहँदा फोन रिशिभ गरें..। फोनमा एक अपरिचित आवाज थियो। उसले आफै आफ्नै वृतान्तमा सबै भन्यो- म क्वान्तन बाट राम कार्की हाम्रो कम्पनीमा लिफ दुर्घटनामा परेर एक जना साथिको मृत्यु भएको छ।  अफिशमा गएर खबर गरेर आउनु भन्दै फोन डिसकनेक्ट गर्यो। म एक छिन स्तब्ध हुन्छु। म सोंचमग्न हुन्छु। पछी हिम्मत र आँट लिएर उक्त घटना स्थलमा पुग्छु। लिफ दुर्घटनामा परेर मृत्यु हुने अरु कोहि नभएर मेरै अति मिलनसार साथि मुस्लिम थियो। जुन दिन उ र म कम्पनीको ज्यादतीमा न्युज संकलन गर्न संगै गएका थियौं।