अन्तिम सम्झना'


प्रत्यक बर्ष
फेब्रुअरी १४ अथवा प्रेम दिवस
भ्यालेन्टाइन डे मा म मौन भै बसिरहेको थिएँ,
... हो आँखाभरी
बलिन्द्र आँशु लिएर कस्तो
नमज्जाले हांसीरहेको थिएँ म।
खै ! कस्तो हाँसो, कस्तो आँशु
आज म त्यै हाँसो र आँशुमा
आफ्नो मौनाकता छाइरहेको
थिएँ, बियोग र बियोगान्तमा
म आज एक्लै तड्पी रहेकोछु

आज म त्यै हाँसो र आँशुमा
आफ्नो मौनाकता छाइरहेको
थिएँ, बियोग र बियोगान्तमा
म आज एक्लै तड्पी रहेकोछुकतै
दु:ख कतै सुख
कस्तो रहेछ यो जिन्दगी,
दुख र पिडामा बल्झिएर
एकै पल भए पनी सबै
आफन्त सम्झिएर।
हर्ष उलास संगै खुसी मनाएँ
ह्याप्पी भ्यालेन्टाइन भन्दै
कयौं एस.एम.एस संगै ई-मेल गरें
तर, मैले न त प्रत्युत्तर मेल पाएँ
न त मैले एस.एम.एसको उत्तर पाएँ।
हो, आज अनयासै एक्लो पनको
महसुस गर्दैछु, र झन् झन्
यो मन आज उदासहिन हुँदा
म दुख र उदासी थिएँ।

जताततै एक आपसमा युवा
युबतीहरु खुसी देखिन्थे,
मेरो अगाडी अनि, म
पर्दा पछाडी हुन्थे।
"जननी जन्म भूमिश्च स्वर्गदयापी
गरियसी" नी म त भौतारी
रहने परदेशको कुना कुना
गल्लि सहर हुँदै।
अरु पलमा त हाँस्थे रमाउंठे
तर, आज यो पलमा म निस्तब्ध छु
खै ! के भैरहेकोछ मलाई म आफैलाई
केही पत्वो छैन।
एकान्तमा बसेर आज यो
आत्म रोई रह्यो
नितान्त एक्लो एकान्तमा बसी।

कतै मायाँको आभास थियो
झैं हुन्थ्यो, सधै एक्लो भै
बाँच्दा आज सम्झिएर यो मन
कती दिन कती रात रुन्थ्यो।
भौतारीएँ फेरी म मायाँको आभास
खोज्दै, बिरानो यो शहरको कुना-कुनामा
खोज्दै गएँ अनी देख्दै गएँ,
लज, सेमिनार, पार्क आदी
ठाउँहरुमा।
प्रेम प्रेमिका एक आपसमा
अंगालो हालेर मिठो मायाँको
चुम्बन खाई रहेका थिए,
अनि, रमाउंदै आल्दाहित हुँदै
थिए।
उ.. परे बाट मैले देखें.. देख्ने
बित्तिकै मैले एक नजर चिहाएँ..
उनीहरुले धेरै खुसि र उमंग संगै
भ्यालेन्टाइन डे मनाई रहेका थिए।
एक आपसमा सुख दु:खका अनुभूतिहरु
साटिरहेका थिए।

यत्तिकै मैले पनि
मन मनै सोंचे र सम्झिएँ...
आहा ! जिन्दगीको रंगलाई यसरी
नै पिउन पाए कती तिर्खाएको
मायाको प्यासी सबै यही भ्यालेन्टाईंन
डे मनाउने थिए होला ? तर, मेरो त को नै
छर ? त्यस्तो मायाँ गर्ने मान्छे.... म
त एक्लो छु यो स्वार्थी दुनियाँमा..

नबराज बुढा 'नबिन उदासी'
मलाई कसले साथ दिन्छर.. ??
म यस्तै यस्तै कल्पनाहरु मनमा
बुनिरहेको हुन्छु.. हो केवल त्यी युगल
जोडीलाई सम्झिएर।

तर, म नी यसरी नै साथीभाईहरु संग
रमाउंठे होला, त्यो आफनी देश, त्यो
आफनी परिबेशमा भईदिएको भए त !
तर, आज केवल छु त यो बिरानो परदेशमा।।
तर, फेरी आफ्नै देशमा भए पनी
म संग त्यस्तो मन मिल्ने डौतारी,
सुख दु:ख बिसाउने चौतारी कहाँ
छ र मेरो ? त्यी युगल जोडीहरुले
एक अर्कै रौनकतामा भ्यालेईन्टान डे
रमाई रहेका थिए।

0 comments

Write Down Your Responses

तपाइको अमुल्य सल्लाह , सुझाब र प्रतिक्रिया दिन नभुल्नुहोस् । Please, drop Your Valuable Comment Here ..Or Direct Send us Email Info.nbnabinudasi@writeme.com / Onlinesahityikblog@gmail.com