दुख्यो आज परदेशमा


गजल

दुख्दै नदुख्ने घाऊ, दुख्यो आज परदेशमा
सधै नझुकने शिर, झुक्यो आज परदेशमा।
भन्छन होला साथिभाईले गाऊं छोडी गयो
भेटिंदै भेटिन्न कहाँ, लुक्यो आज परदेशमा।
दु:खमा त्यसै बग्दो रै'छ नी आँशु धाराहरू
सुखको आँशु नबगी, सुक्यो आज परदेशमा।
छिट्टै गाऊं फ़र्किएर आउँदैछू रमाउँदै अब त
बस्दै बस्दीन भो सबै, पुग्यो आज परदेशमा।
सुख दु:खको बेगमा मदारिँदै चल्दा हावाहुरी
यता न उता मलाई, फुक्यो आज परदेशमा।

नबराज बुढा 'नबिन उदासी'
रोल्पा,  

,