स्पर्शले उदास यो मन छुनु रहेछ


मन छुनु रहेछ
स्पर्शले उदास यो मन छुनु रहेछ
सम्झेर तिमीलाई आज रुनु रहेछ।

यादमा कल्पीएर भिज्दा सिरानी
मनको कष्ट सबै त्यसै धुनु रहेछ।

एक्ली छु भनी साथ् माग्यौ पहिले
तर, यो दु:खीलाई ढोका दिनु रहेछ।

हजार जुनी संगै ज्युने संकल्प गरी
छोडी जाँदा बिछोडमा तड्पिनु रहेछ।

नजरको गोली हान्यौ मुटुमा मलाई
तिमीले दिएका पिडा मात्र सहनु रहेछ।