अरुको भलाई गर्दा


अरुको भलाई गर्दा
आफ्नै खुसी लुट्यो हजुर अरुको भलाई गर्दा
चोखो मायाँ टुट्यो हजुर अरुको भलाई गर्दा।

उनको भाग्यहरु मात्र दर्पण छायाँ भन्थे म
आफ्नै भाग्य फुट्यो हजुर अरुको भलाई गर्दा।

घाट माथी घाट भयो आज पाइल्यै पिच्छे
मन खुसी पिट्यो हजुर अरुको भलाई गर्दा।

दूई मुटुको एउतै मिलनको संगम हाम्रो मायाँ
खै! आज त्यसै मनै फाट्यो अरुको भलाई गर्दा।

,