सखाप भएकोथ्यो दनदन्ती आगोमा बल्दा मेरो देश


सखाप भएकोथ्यो दनदन्ती आगोमा बल्दा मेरो देश
खरानी भएकोथ्यो अन्धाधुन्द गोली चल्दा मेरो देश।

दाई भाई बिद्रोही भएर उत्रेका थिए सडक पेटीमा
ओरालो लाग्दैथ्यो देशद्रोहिले ढाल्दा मेरो देश।

भाषण मात्र फुक्ने नेता सधै चुक्ने नेताहरुले गर्दा
अशान्तिको धमाकाले छिचोल्द मेरो देश।

कोईलाबस मिचिदैंछ देश सारा लुतिंदैछ आज
पराईले सबैको समिपमा आँखा छल्दा मेरो देश

बनको न्याउली झैं रुंदा नेपाल आमा आज
मृत्युले परन्तु सबैलाई आज  धकेल्द मेरो देश