– डा. घनश्याम परिश्रमी
यो आलेख मूलत: गजलमा मात्रागिरावट विषयमाकेन्द्रित भएर तयार गर्न खोजिएको हो । मात्रागिरावटको सम्वन्ध बहरसँग हुन्छ, बहरमा पनिप्रमुखतः शास्त्रीय बहरसँग । शास्त्रीय बहरमागज...ल रचना गर्नु अभ्यस्त नभइसकेकास्रष्टाहरुका लागि अवश्य नै जटिल कार्य हो ।यसका लागि प्रथमत: रुक्नहरुको ज्ञान हुनुआवश्यक छ । रुक्न भनेको बहरको गण हो ।संस्कृत काव्यशास्त्रमा पिङ्गल छन्दका मुख्यआठवटा भ(SII), ज (ISI), स (IIS, य (ISS, र(SIS), त (SSI, म(SSS), न(III) जस्ता गणहरु रकोष्ठकमा दिइएका तिनका गुरु–लघु सङ्केतकसूत्रहरु भएजस्तै इस्लामिक छन्दशास्त्रमा पनिआठवटा नै प्रमुख रुक्नहरू छन्, जुन निम्नानुसारछन् :
१) मफाईलुन्(ISSS) ,
२) मुस्तफ्इलुन्(SSIS),
३) फायलातुन् (SISS),
४) फऊलुन्(ISS)
५) फाइलुन्(SIS),
६) मुतफाइलुन्(IISIS)
७) मफाइलतुन्(ISIIS) ,
८) मफ्ऊलातु(SSSI)
कोष्ठकमा दिइएका सूत्र लघु गुरुका सङ्केत हुन् ।(I) ले लघु वा ह्रस्व मात्रालाई र (S) ले गुरु अर्थात्दीर्घ मात्रालाई सङ्केत गर्दछन् । उपर्युल्लिखितरुक्नहरुको आवृत्ति तथा पूर्ण वा खण्डित रुपहरूकोमेलबाट शास्त्रीय बहरहरूको निर्माण हुन्छ ।
शास्त्रीय बहरमा गजल लेख्नेहरूले लघु र गुरुबारेसम्यक् जानकारी लिनु अनिवार्य हुन्छ । लघु अर्थात्ह्रस्वले अकार, ह्रस्वइकार, ह्रस्वउकार ऋकारयुक्तअक्षरहरूलाई बुझाउँछ ।
जस्तै – कलह(III), कुकुर(III), कृषक(III) ,शिशिर(III), । यी सबै शब्द लघु मात्राले बनेका छन्। गुरु अर्थात् दीर्घले आकार, दीर्घ ईकार, दीर्घ उकार,एकार, ओकार, औकार, अंकार, र अःकार (विसर्ग )युक्त अक्षरहरूलाई बुझाउँछ । जस्तै – आमा (SS),पीडा (SS), पूजा (SS), नेपाली (SSS), ऐना (SS),आगो(SS), कौवा(SS), संज्ञा(SS), दुःखी (SS) यीसबै शब्द दीर्घ मात्राले बनेका छन् । यसरी नैअगाडिको लघु अक्षरले पछाडिपट्टिको संयुक्तब्यञ्जनको एउटा वर्णलाई तान्नु वा टिप्नु परेमायस्ता लघु अक्षर गुरु (दीर्घ ) बन्दछन् ।
जस्तै
अर्का (SS) ‘अ’ ले ‘र्’ लाई तानेको छ ।
बिर्खे (SS) ‘बि’ ले ‘र्’ लाई तानेको छ ।
पण्डा (SS)‘प’ ले ‘ण्’ लाई तानेको छ ।
अन्धो (SS) ‘अ’ ले ‘न्’ लाई तानेको छ ।
कुप्रो(SS) ‘कु’ ले ‘प्’ लाई तानेको छ ।
सृष्टि(SS)‘सृ’ ले ‘ष्’ लाई तानेको छ ।
यद्यपि माथिका सबै शब्दका पहिला अक्षरहरूव्याकरणिक दृष्टिले ह्रस्व हुन् तर पछाडिपट्टिकासंयुक्ताक्षरका वर्णलाई तान्नु वा टिप्नुपरेकाले यीदीर्घ बन्न पुगेका छन् । यदि पछाडिपट्टिकासंयुक्ताक्षरका वर्णलाई तान्नु नपरेमा अगाडिकोलघु अक्षर लघु नै रहन्छ ।
भन्यो (IS)
उज्यालो (ISS)
किन्यो (IS)
दुख्यो (IS)
शब्दको अन्तमा आउने हलन्त (खुट्टा काटिएको )वर्णभन्दा पूर्वको अक्षर पनि लघु भए पनि गुरुमानिन्छ । हलन्त वर्णको गणना हुँदैन ।
जस्तै :
मित्रवत् (SIS ) व – गुरु
भन्छन् (SS) छ – गुरु बस्छन् (SS) छ – गुरु
जान्नन् (SS ) न – गुरु
मिसरा ( पङ्क्ति वा पाउ ) को अन्तमा पर्ने लघुमात्रालाई पनि गुरु मानिन्छ । (यो नियम उर्दू रहिन्दीका गजलमा भने लागु हुँदैन । )
यी नियमहरु संस्कृतका शास्त्रीय छन्द तथागजलका बहर दुवैका लागि समान रूपले वितरणभएका देखिन्छन् । संस्कृतका शास्त्रीय छन्दमायिनको प्रयोग अत्यन्त कठोरतापूर्वक गरिएकोहुन्छ भने गजलमा उदारतापूर्वक गरिएको पाइन्छ ।अर्थात् संस्कृतको पिङ्गल छन्दको जस्तो “अपिमासम् मसम् कुर्यात् छन्दोभङ्गम् नकारयेत्” भन्नेकठोर नीतिलाइृ गजलले अक्षरशः अङ्गीकार गर्दैन। वस्तुत : बहरमा उदारता र लचकता बढी देखिन्छ। यही उदारताले नै गजलका शास्त्रीय बहरमा“मात्रागिरावट” नियम लागु भएको हो । यो नियमगजल रचनाका सन्दर्भमा एउटा सिद्धान्त नै बन्नपुगेको छ ।
मत्रागिरावट भनेको गजलको बहरका मात्रामा देखिनेविचलन हो । यसर्थ मात्रा गिरावटलाई हामीलेमात्राविचलन पनि भन्न सक्दछौँ । खासगरी बहरमिलाउँदा गायनमा कत्ति असर नपर्ने गरी दीर्घमात्रालाई ह्रस्वका रुपमा र कतिपय अवस्थामा ह्रस्वमात्रालाई दीर्घका रुपका स्थानापन्न गर्नुलाईमात्रागिरावट भनिन्छ । यसले उच्चार्य अक्षरकोप्रयुक्तिका आधारमा शब्दको विन्यासलाई पनिमहत्व दिन्छ । जस्तै :
लेख्य आधारमा उच्चार्य आधारमा
जीवन (SII) (IS/SS)
शीतल (SII) (IS/SS)
मुलुक (III) (IS)
फार्सी, उर्दू र हिन्दीमा आकार, एकार, ऐकार,ओकारयुक्त अक्षरहरुलाई “मत्रागिरावट” नियमकाआधारमा विकल्पमा लघु मात्राका रुपमा समेतप्रयोग गरिएका प्रशस्त उदाहरण पाइन्छन्, यद्यपियी मात्राहरू गुरु हुन् । यसका केही उदाहरणहरूअवलोकन गरौं :
१। सूत्र SIS + SIS + ISSS
होश आए तो किस कदर आए
दस्त ही दस्त बस नजर आए
– डा. कमर खाँ “बहम”
यहाँ “तो” लघु भएको छ ।
२। सूत्र : SISS + SISS + SISS + SIS
जिन्दगी के शोरो शर मे गम का मारा कौन है
जातकी तन्हाइयोँ मे बेसहारा कौन है
– सलीम रासिख
यहाँ “ऐ” र “का” लघु भएको छ ।
३। सूत्र : SSIS + ISS + ISS + IS
खौप पत्थर से खाने लगे आइने
अव हकीकत छिपाने लगे आइने
– प्रवीण “नाकाम”
यहाँ “से” लघु भएको छ ।
४।सूत्र : SISS + ISS + SIS
हमको जो भी उजाले मिले
तम के घर पलने वाले मिले
– राजेन्द्र वर्मा
यहाँ पहिलो मिसराको “को” र दोस्रो मिसराको “क”र “न” दुबै ह्रस्व मात्राका रुपमा छन् ।
५। सूत्र : SISS + ISS + SISS + ISS
हरदम दुहाएँ देना हर लम्हा आहेँ भरना
इनका भी काम करना आपना भी काम करना –जिगर मुरादावादी
यहाँ एँ, हा, हेँ, भी जस्ता अक्षरहरू लघु मात्राकारूपमा प्रयोग भएका छन् ।
६।सूत्र : ISS + ISS + ISS + ISS
भँवर मे अजल से है दिल खोए खोए
मुहब्बत उभारे मुहब्बत डुबोए
– फिराक “गोरखपुरी”
यहाँ है र ए लघु मात्राका रूपमा प्रयोग भएका छन् ।
माथि प्रयुक्त शेरहरूका अधिकांश शब्दहरूउच्चारणका आधारमा बहरमा प्रयोग भएको पाइन्छ। यस्ता शब्दहरुमा सूत्र १ का किस (S), कदर (IS),बस (S ), नजर (IS), सूत्र २ का शर (S), गम (S ),सूत्र ३ का पत्थर (SSI), अब (S ) हकीकत (ISS),सूत्र ४ का हम (स्), तम (S), घर (S ), पल (S),सूत्र ५ का हरदम (SS) हर (S), भरना (SS), इनका
(SS), करना (SS), अपना (SS ), सूत्र ६ का भँमर ( IS ),अजल (IS ), दिल (S), मुहब्बत (ISS) रहेकाछन् । मात्रा गिरावट नियमले नै बहरमा यस्तो छुटदिएको हुन्छ ।
नेपालीमा पनि ईकार, ऊकार, एकार र ओकारलाईगुरुका अतिरिक्त आवश्यक पर्दा लघु मात्राका रुपमासमेत सजिलै प्रयोग गर्न सकिन्छ । आकारलाईपनि शब्दको बीच वा अन्तमा मात्र लघु मात्रामारूपमा प्रयोग गर्न सकिन्छ । ऐकारलाई भने फार्सी,उर्दू र हिन्दीमा झैँ लघु मात्राका रूपमा नेपालीमाप्रयोग गर्न सकिँदैन । यसैगरी लघु मात्रा अकार,इकार र उकारलाई बहर मिलाउँदा विशेषतः यति हुनेस्थानमा र आवश्यक परे विकल्पमा अन्य स्थानमासमेत गुरुका रूपमा प्रयोग गर्न सकिन्छ । जस्तै –
सूत्र SSIS + ISS+ SSIS + ISS
रोएर दिन विताएँ तारा गनेर राती
निठुरी रहेछ तिम्रो पत्थरसमान छाती
– उपेन्द्रबहादुर जिगर
निठुरी शब्दको निठु दुई लघु (S) मात्राले एक गुरु (I)को काम गरेका छन् भने दिन पनि एक गुरु (क्),मात्राको रुपमा प्रयोग भएको छ र पत्थर दुई गुरु(क्क्), मात्राको रुपमा प्रयोग भएको छ : यस सूत्रकैअर्को उदाहरण पनि हेरौँ –
हीरा जुहारभन्दा माटो मलाई प्यारो
रङ्गीन दुनियाँमा रातो मलाई प्यारो
– बूँद राना
यस सेरको मिसरा ए उला र मिसरा ए
सानी दुवैमा रदीफका रूपमा प्रयुक्त 'मलाई'को 'ई'गुरु – (दीर्घ) भए तापनि बहरको सूत्र अनुसार यहाँलघु मात्राको रूपमा छ भने 'दुनियाँ'को 'दु' लघु भएतापनि क् गुरु मात्राको रूपमा छ ।
अरू शेरहरु पनि हेरौँ –
सूत्र –ISS+ ISS+ ISS+ ISS
बढेको नदीमा पसेझैँ भएँ म
कुनै भुमरीमा फसे झैँ भएँ म – डा. घनश्यामपरिश्रमी
यहाँ रदीफ “म” (दुवै मिसराको ) लघु हो तापनिबहरको सूत्रअनुसार गुरुका रूपमा प्रयोग भएको छभने भुमरीको “भु” पनि गुरुका रूपमा नै प्रयोगभएको छ । यद्यपि “भु” लघु हो ।
सूत्र SIS+ SIS+ ISSS
वेदना छातीमा थुनेजस्तो
मनमनै क्यै कुरा गुने जस्तो
– सनतकुमार वस्ती
यस शेरमा प्रयुक्त छातीको “ती” नियमानुसार दीर्घभए तापनि बहरमा यसको उच्चारण “ति” लघु हुन्छ। यसरी नै मन दुई लघु मात्रा हुन् तापनि यी दुईलेएक गुरु (S) मात्राको काम गरेका छन् ।
सूत्र –ISS+ ISS+ ISS+ ISS
मेरो दिलको धडकन तिमी हौ
म बाँचेको जीवन तिमी हौ
– डा. घनश्याम परिश्रमी
यहाँ मेरो को “म" दिलकोको “को” बाँचेकोको “को”लघु मात्राका रुपमा प्रयोग भएका छन् भने दिल (S)धडकन (SS ) जीवनको “वन” ले गुरु (क् ) मात्राकोकाम गरेका छन् ।
सूत्र –IISIS+ IISIS+ IISIS+ IISIS
कति दिन बिते यही यादमा कति दिन अरू छबिताउनू
कित त आउनू तिमी नै स्वयं कि त याद योनपठाउनू – दा. कृष्णहरि बराल
यस शेरमा यही को “ही” र तिमीको “मी” गुरु हुन्तापनि लघु मात्राका रूपमा प्रयोग भएका छन् ।यसरी नै दिन (S) दुई लघु मात्राले एउटा गुरु (I)मात्रालाई बुझाएका छन् ।
मात्रागिरावट नियमले आवश्यकताअनुसारहलन्तलाई अजन्त र अजन्तलाई हलन्तका रुपमासौन्दर्य र उच्चारणमा असर नपर्ने गरी प्रयोग गर्नपनि छुट दिन्छ । त्यसैले त यसलाई अग्रेजीमा“कन्सेक्सन” भनिन्छ ।
सूत्रका आधारमा मात्रागिरावटको नियम लागु गरेरगजल लेख्ता वा छाप्ता व्याकरणको नियमलाईउल्लङ्घन गरेर वा तोडेर ह्रस्वलाई दीर्घ र दीर्घलाईह्रस्व तथा अजन्तलाई हलन्त र हलन्तलाई अजन्तबनाउनु भने पर्दैन । सूत्र बुझेपछि उच्चारण गर्दा वागाउँदा ध्यान दिए पुग्छ । जस्तै
सूत्र ISS+ ISS+ ISS+ ISS
जीवनको कहानी सुनायौ तिमीले
बगाएर आँसु के पायौ तिमीले
–डा. घनश्याम ‘परिश्रमी’
यस शेरको पहिलो मिसराको “जीवन” को मात्राब्याकरण अनुसार हुनुपर्छ तर यहाँ उच्चारण गर्दाबहरको सूत्रअनुसार “जिवन” को मात्रा व्याकरण(IS) भएको छ भने दोस्रो मिसराको आँसुको “सु”गुरु (S) र “के” लघु (।) मात्राका रूपमा प्रयोग भएकाछन् । तर यसरी मात्रामा विचलन देखिए तापनि यीशब्दहरूको उच्चारणमा कुनै प्रकारको बाधा रजटिलता आएको छैन । त्यसैले उक्त शेरको लयमापनि गायनका सन्दर्भमा कुनै व्यवधान वा अवरोधदेखा पर्दैन ।
गजल मूलत: सङ्गीतसँग सन्निकट भएकाले यसलेब्याकरणको यान्त्रिकतालाई वरण गर्न असजिलोमान्दछ । छन्देही कविताको शैलीमा लेखिएकागजलहरु स्वाभाविक सौन्दर्यबाट प्राय: बञ्चित हुनपुगेको देखिन्छन् । यस्ता गजलमा कृत्रिमता अधिकदृष्टिगोचर हुन्छ । त्यसैले सङ्गीतात्मकता रगेयतामा असर नपर्ने गरी कोमल र उच्चार्य वाकथ्य भाषालाई गजलले सर्वाधिक महत्व दिन्छ ।यही उदारता र लचकताले गजललाई विकृत र कुरूपहोइन अपितु सुन्दर, शालीन र स्वाभाविक बनाउनसहयोगीको भूमिका खेलेको हुन्छ । यसकारणगजलमा मात्रागिरावटको उपयोग औचित्यपूर्ण छ ।
( साभार: सुरेश वाग्लेको स्टाटस बाट )
( साभार: सुरेश वाग्लेको स्टाटस बाट )
नेपली गजलको बारेमा अझै केही कुराहरु जान्नको लागी